धनगढी, १९ मंसिर । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार–२०७१ बाट पत्रकार गणेशदत्त भट्ट पुरस्कृत भएका छन् ।
पत्रकारिता क्षेत्रबाट आर्थिक सम्वृद्धि गर्न योगदान पु¥याएबाफत संघले आफ्नो २६ औं वार्षिक साधारणसभाको अवरमा पत्रकार भट्टलाई नगद ५ हजारसहित सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।
कञ्चनपुरबाट प्रशारित रेडियो महाकालीका समाचार प्रमुख रहेका भट्टलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष भाष्करराज राजकर्णीकारले नगद पुरस्कार, प्रमाणपत्रसहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए ।
पत्रकार भट्टले जिल्लाको आर्थिक क्षेत्रमा कलम चलाएर अमुल्य योगदान पु¥याएको पुरस्कृत गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव हेमराज जोशीले बताए ।
महेन्द्रनगरबाट प्रकाशित हुने एन्जिल टाईम्स दैनिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्ट काठमाडौंबाट प्रकाशित हुने कारोबार राष्ट्रिय दैनिकका जिल्ला सम्वाददाता रहेका छन् । उनीविगत १० वर्षदेखि पत्रकारितामा आवद्ध छन् ।















प्रतिक्रिया