१ कार्तिक २०८३, आइतबार

बहुविवाह गर्ने श्रीमान–श्रीमतीलाई नै एक वर्ष कैद र जरिवान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ मंसिर । बहुविवाह गर्ने इलाम नयाँबजार–४ का २७ वर्षीय मनकुमार भण्डारी र प्यूठान बांदीकोट–७ की २३ वर्षीया शान्ताकुमारी खत्रीलाई जिल्ला अदालत इलामले जनही एक/एक वर्ष कैद र पाँच हजार जरिवाना फैसला गरेको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कसुर पुष्टि भएको ठहर गर्दै बिहीबार उनीहरूलाई सो फैसला सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिुनभयो ।

मनकुमारकी जेठी श्रीमती मनमायाले उनीहरूविरुद्ध असोज ७ गते दोस्रो विवाह गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेको मनकुमारले फोनबाटै चिनजान गरी शान्ताकुमारीसँग दोस्रो विवाह गरेका थिए । रासस