१ कार्तिक २०८३, शनिबार

भर्खर बनेका राजधानीका सडक मेलम्चीले भत्काउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakकाठमाडौं, १९ मंसिर । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन चक्रपथभित्र ६ किलोमिटर सडक भत्काउने भएको छ । भत्काइने सडकको अधिकांश भाग भर्खर मात्रै कालोपत्रे भएका छन् ।

मेलम्ची खानेपानी आयोजना –२ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका बरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले पाइप विछ्याउन सडक खन्न लागिएको बताए ।

भर्खरै कालोपत्रे गरिएको भए पनि सडक भत्काउनुको विकल्प आफूहरुसँग नभएको उनको भनाइ आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘चक्रपथभित्र ६ सय किलोमिटर पाइप बिछ्याउन ठेक्का लागिसकेको छ । केही स्थानमा काम सुरु भइसकेको छ,केही हुन बाँकी छ ।

अबको केही दिनभित्र सबै स्थानमा काम सुरु हुन्छ ।

‘यसक्रममा कतिपय स्थानमा कालोपत्रे सडक भत्काउनैपर्ने हुन्छ । हामीसँग त्यसको बिकल्प छैन’, ढकालले भने,‘विकास निर्माणका क्रममा केही असुविधा हुन्छ,त्यसलाई स्वभाविक मान्नुपर्छ ।’

तर पनि सकेसम्म पीच बचाउने योजना छ ।