१४ कार्तिक २०८३, शनिबार

दीपक मनाङ्गेबारे सर्वोच्च अदालतले दियो यस्तो जवाफ, खास फैसला के हो ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दीपक मनाङे)को विषयमा कुनै फैसला नभएको बताएको छ ।

सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ वर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।

सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने, ‘मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ वर्ष जेल सजायको फैसला सुनाएको छैन । तत्कालीन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ ।’