मुम्बई । बलिउड अभिनेता सलमान खान र रोमानियाकी सुन्दरी युलिया वन्तुर बीच प्रेम सम्बन्ध रहेको र उनीहरूले विवाह गर्ने समाचार बाहिर आइरहेका बेला युलिया वन्तुरले नयाँ खुलासा गरेकी छन् ।
युलियाले भनेकी छिन्, ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरू आइरहेका हुन्छन् । तीमध्य धेरै कुराहरू असत्य हुन्छन् ।’ उनले सबै अफवाह रोक्न नसकेको कुरा बताएकी छिन् ।
युलिया भन्छिन्, ‘सलमानप्रति मेरो मनमा धेरै सम्मान छ, म आफैलाई मेरो जिन्दगीले मलाई कता मोड्दैछ भन्ने थाहा छैन । हामीहरू आफ्नो जीवनमा धेरै योजना बनाउछौं । सबै कुरा हामीले सोचे अनुसार हुँदैनन् । यदि कुनै कुरा हुनु छ भने त्यो भएर छाड्छ ।’
युलियाले यसअघि आफूले कहिले पनि भारत आएर काम गर्ने नसोचेको र यसबारे कुनै योजना पनि नरहेको बताईन् । उनलाई सलमानले नै भारत आएर भविष्य बनाउन सहयोग गरेको र आफूले हिन्दी गित गाउँन सोच्दै नसोचेको तर सलमानकै हौसला र सहयोगका कारण गीत गाउन सफल भएको कुरा पनि बताएकी छिन् ।
युलियाले सलमान आफ्नो असल साथी रहेको बताउँदै विवाहको खबर गलत रहेको उल्लखे गरेकी छिन् । सलमान र युलिया सलमानका घरमा आयोजित केही कार्यक्रम तथा समारोहमा एकसाथ देखिरहन्छन । – एजेन्सी















प्रतिक्रिया