सुनसरी, १८ मंसिर । नेकपा–माओवादी नेता सीपी गजुरेलले बर्तमान सरकार भ्रष्टाचार र तस्करीमा आधारित विदेशीको कठपुतली सरकार भएको भएको आरोप लगाउनु भएको छ ।
सुनसरीको इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता चलाउनेहरुले देशलाई झन् ठूलो संकटमा धकेलेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधानसभा प्रतिगामी बनेको भन्दै तत्काल खारेज गर्न समेत माग गर्नुभयो ।
देशको संकट तत्काल समाधान नहुने भन्दै उहाँले निकासका लागि बर्तमान सरकारको विघटन र राष्ट्रिय सहमतीको सरकार गठनको समेत माग गर्नुभयो ।
संविधान दिन नसक्ने संविधानसभा जनताको लागि आफैमा बोझ बनिसकेको तर्क गर्दै गजुरेलले बर्तमान संविधानसभाले संविधान दिएपनि त्यसले समस्या समाधान गर्न नसक्ने र नयाँ द्वन्द निम्त्याउने चेतावनी दिनुभयो । संविधानसभा प्रतिगामीहरुको कब्जामा गइसकेको उहाँको भनाई थियो ।















प्रतिक्रिया