काठमाडौं । सुपरहिट गीतहरू दिएका गायक भुपु पाण्डेले मेलोडीले भरिपूर्ण नयाँ बियोगान्त गीत रिलिज गरेका छन् । पाण्डेको गीत केही दिन अगाडि युट्युबबाट रिलिज गरिएको छ ।
‘कस्तो हो तेरो लीला…’ बोलको गीतमा गायक पाण्डे आफैले संगीत दिएका छन् । ‘कस्तो हो तेरो लीला…’का शब्द विनय ढुंगेलका हुन् । गीतलाई एरेञ्ज बाबु प्रधानले गरेका छन् ।
‘मायावी’ एल्वममा रहेको यो गीत गायक पाण्डको अघिल्ला गीतहरूभन्दा निक्कै फरक शैलीको छ । यसअघि गायक पाण्डेले ‘एक्सेप्ट गर…’, ‘हे चम्पा…’ जस्ता सुपरहिट गीतहरू दिएका थिए ।
गयक पाण्डेका अघिल्ला फास्ट शैलीभन्दा यो गीत अत्यन्तै फरक रहेको गायक पाण्डेले बताए । ‘सेन्टिमेन्टल मुभमेन्टमा गीत बनाइएको छ’, उनले भने, ‘मेरा पहिलेका गीतहरूभन्दा अत्यन्तै फरक शैलीमा छ ।’
‘कस्तो हो तेरो लीला…’लाई गायक पाण्डेले म्युजिक भिडियो पनि बनाएका छन् । म्युजिक भिडियोमा संगीता र रमेशको अभियनय गरेका छन् । भिडियोलाई अर्जुन सापकोटाले छायाँकन गरेका हुन् । भिडियोका निर्देशक सुन्दर लावती हुन् भने सम्पादन अर्जुन पोखरेलको छ ।
















प्रतिक्रिया