१ कार्तिक २०८३, आइतबार

आङकाजीको उदण्ड शैलीले बुटवलमा हंगामा, भोटेमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ang-kaji-sherpaबुटवल, १८ मंसिर । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा समुहको उदण्ड प्रवृत्तिले बुटवलमा हंगामा भएको छ ।

महासंघको राष्ट्रिय भेलामा शेपाको समुहले संविधानसभा सदस्य समेत रहेका महासचिव पेम्बा भोटेमाथि आक्रमण गरेपछि त्यहाँ हंगामा भएको हो ।

शेर्पाको उदण्ड समुहले महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई समेत गालीगलौज गरेका छन् । बुटवलमा जारी जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलामा महासचिव भोटेले बोल्दाबोल्दै शेर्पा पक्षधरले आक्रमण गरी उनको माइक खोसेपछि भेला स्थल रणमैदानमा परिणत भएको थियो ।

शेर्पाले बोल्ने मञ्चमा बोल्ने क्रममा पेम्वा भोटेर महासंघमाथि विभिन्न आरोप लगाएका थिए । शेर्पाले अध्यक्ष कुमाल र महासचिव भोटे काँग्रेस एमालेको गोटी बनेको समेत आरोप लगाएका थिए ।

उद्घोषणको जिम्मा पाएका भोटेले शेर्पाले लगाएको आरोपको खण्डन गरेपछि शेर्पाका केही व्यक्तिहरु हातपातमा उत्रेका थिए । झगडाले उग्ररुप लिएपछि प्रहरीले हस्तक्षेप गरेको एक सहभागीले जानकारी दिए ।

भोटेहरुले शेर्पा जनजाति महासंघ र आदिवासी आन्दोलनलाई भाँड्ने प्रयासमा लागेको भन्दै आलोचना गरेका छन् ।