काठमाडौं, १८ मंसिर । बन्दै गरेको घरअगाडि सडकको रेलिङ काट्नेलाई काठमाडौं महानगरपालिकाले करिब १५ हजार रुपैयाँ जरिवाना तिराएको छ।
बिनास्वीकृति सार्वजनिक सम्पत्ति बिगारेको भन्दै महानगरपालिकाले बुधबार ४ बजे सो जरिवाना असुल गरेको हो।
मंगलबार दिउसो ३ बजेतिर त्रिपुरेश्वरस्थित संगीता मास्केको निर्माणाधीन घरअगाडि बाटोको रेलिङ काट्दै गरेको अवस्थामा महानगरपालिका प्रहरीले काट्नेलाई पक्राउ गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
अनुगमनमा संलग्न नगर प्रहरी श्याम तिमल्सिनाका अनुसार बन्दै गरेको घरलाई बाटो नहुँदा रेलिङ काटेको भेटिएको थियो।
उनका अनुसार घरको जिम्मा लिई काम गर्दै आएका आरजु डेभलपर्सका सुपरभाइजर डिल्लीप्रसाद खनाललाई पक्राउ गरी कारबाही गरेको हो।
बिनास्वीकृति सार्वजनिक सम्पत्तिलाई बिगारेको खनालले स्वीकारेको उनले बताए।
सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरेबापत गल्ती नदोहर्या उने सर्तमा घरधनी मास्केलाई जरिवाना तिराइएको महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए।
‘घरैअगाडिको सार्वजनिक सम्पत्तिको रक्षा गर्नुसाटो काट्नेलाई सम्पत्तिको संरक्षणमा दायित्वबोध गर्न यस्तो कारबाही जरुरी छ,उनले भने।
स्थानीय स्वायत शासन ऐन २०५५ को दफा १६५ को उपदफा १ ङ मा सार्वजजिक सम्पत्ति नोक्सान गर्नेलाई महानगरपालिकाले १५ हजार रुपैयाँसम्म जरिवाना गरी हानी नोक्सानीको बिगोसमेत असुलउपर गरी वा साबिक अनुसार तयार गर्न लगाउन सक्ने व्यवस्था छ।















प्रतिक्रिया