१४ कार्तिक २०८३, शनिबार

स्थानीय तहको नतिजाको आधारमा सिट बाँडफाँट गर्ने सहमति, मुख्यमन्त्रीमा कुरा मिलेन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । एमाले र माओवादीको संयुक्त कार्यदलको बैठकमा कुन पार्टीले कति मुख्यमन्त्री पाउने भन्ने विषयमा छलफल भएको छ । आइतबार सिंहदबारमा बसेको बैठकमा माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्रीको दाबी गरेपछि मुख्यमन्त्रीमा कुरा नमिल्ने देखिएको छ ।

आइतबारको बैठकमा माओवादी र एमालेबीच मुख्यमन्त्रीको दाबी अगाडि सारेका हुन् । प्रदेश ६ र ७ मा मुख्यमन्त्री आफ्नो पार्टीबाट हुनु पर्ने माओवादीले प्रस्ताव अगाडि सारेको कार्यदलका एक सदस्यले अन्नपूर्णलाई जनकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमाललेले अन्य पाँच प्रदेशको मुख्यमन्त्री छोड्न नसक्ने बैठकमा प्रस्ताव राखेका छ । तर, प्रदेशका मुख्य मन्त्रीको विषयमा सामान्य छलफल भए पनि राष्ट्रिय सभाको उम्मेदवार मनोयनपछि मात्रै त्यस विषय टुंग्याउन कार्यदलका सदस्यले सहमति गरेका छन् ।

माओवादीले दुई मुख्यमन्त्रीमा दाबी गर्ने र एमालेले पाँच मुख्यमन्त्रीको अडान नछोड्ने हो भने सहमति नजुट्ने देखिन्छ । प्रदेश २ मा मधेसी दलले सरकार बनाउने पक्का देखिएको अवस्थामा एमाले र माओवादीले ६ वटा प्रदेशमा सहमति खोज्नुपर्ने छ ।

राष्ट्रिय सभाको उम्मेदवार चयन तथा प्रदेश सभाको सरकार गठनका लागि बनेको संयुक्त कार्यदलको दोस्रो बैठकले राष्ट्रिय सभाको उम्मेदवार छनोट टुंग्याउने विषयमा भने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवार छनोट गर्नु अगाडि दलगत मत भारको स्थिति बारे छलफल गरेको हो । स्थानीय तहमा दलले प्राप्त गरेको परिणामको आधारमा नै सिट बाँडफाँट गर्ने विषयमा कार्यदल सदस्यबीच मोटामोटी सहमति भएको छ ।

आइतबारको बैठकमा कार्यदलका सबै (छ सदस्य) सदस्य सहभागी थिए । बैठकमा स्थानीय तहमा दलगत रुपमा प्राप्त स्थितिको बारेमा छलफल भएको त्यस आधारमा उम्मेदवारको गृहकार्य गरी बैठक ३ माघमा पुन बस्ने गरी सकिएको कार्यदल सदस्य मातृका यादवले बताए ।

उनले भने ‘स्थानीय तहमा दलले पाएको मतलाई पहिलो आधार बनाइए पनि दुई पार्टीबीच ६०-४० का आधारमा उम्मेदवार छनोट हुन सक्ने अवस्था छ । पार्टी अनुसार फरक–फरक उम्मेदवार छनोट भएपनि केही व्यक्तित्व तथा अरू कुरामा सहमति गर्न सकिन्छ । यो विषयमा सदस्यहरुको समान धारणा पनि रह्यो ।’

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दुवै पार्टी तामेल गर्दा ६० र ४० मै सहमति भएको थियो । राष्ट्रिय सभाको निर्वाचनका लागि माघ १० गते उम्मेदवार मनोयन गर्ने कार्यक्रम रहेकाले अहिले प्रदेशसभाको गठन तथा मुख्यमन्त्री छनोटका विषयमा भन्दा उम्मेदवार छनोटमै बैठक केन्द्रित गरेको सदस्य यादवले बताए ।

राष्ट्रिय सभामा दलले पाएको मत परिणाको आधारमा नै सिट संख्या निर्धारण गर्ने र पार्टी एकताका लागि स्पिड अनुरूप कसरी सहमति हुनसक्छ त्यस अनुरुप अगाडि बढ्ने छलफल भएको छ । थप विषयमा बुधबार बस्ने बैठकले निर्णय गर्ने एमाले नेता एवम् कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।