महेन्द्रनगर, ३० पुस । चौथो जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधि केन्द्रीय डोजो कभर्डहलले जितेको छ । कृष्णपुर १ वाणीस्थित जेबी एकेडेमी स्कुल दोस्रो भएको छ । प्रतियोगितामा सुन्दरीफाँटा डोजो तेस्रो भएको छ ।
प्रथम, द्धितीय र तृतीय टिमले मेडल र शिल्ड पाएका छन् । प्रतियोगितामा जेबी एकेडेमी अनुशासित टिम बन्दै ट्रफी समेत पायो ।
नांबुकाई सितोरियो कराँते जिल्ला संघले कृष्णपुर १ स्थित राष्ट्रिय मावि पहरीयामा आयोजना गरेको ३ दिने प्रतियोगितामा १० वटा डोजो टिमको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया