१ कार्तिक २०८३, आइतबार

म्याग्दीका पत्रकार भन्छन–व्यावसायिक पत्रकारिताको विकासमा जोड दिनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

magdi–jurnalistम्याग्दी, १७ मंसिर । म्याग्दी जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुले व्यावसायिक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आयोजना गरेको समन्वयात्मक वैठकमा बोल्दै पत्रकारका वैचारिक संघ संगठनमा आबद्ध पत्रकारहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी म्याग्दीका अध्यक्ष मालती खत्री, नेपाल प्रेस यूनियन म्याग्दी शाखाका अध्यक्ष गोपाल छन्त्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सन्तोष गौतम र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य ठाकुरप्रसाद आचार्यले जिल्लाको समग्र विकास, पत्रकारको क्षमता अभिवृद्धि, सञ्चारगृहलाई सशक्त बनाउनका लागि व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको बताएका छन् ।

उनीहरुले जिल्लाका सरकारी कार्यालयहरुले सञ्चारमाध्यममा दिने विज्ञापनलाई एकद्धार प्रणाली र समानुपातिक ढङ्गले वितरण गर्न माग गरेका छन् । त्यसैगरी प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था र सुशासन कायम गर्नका लागि पत्रकारका वैचारिक संगठनले सबै कार्यालयहरुमा संयुक्त ज्ञापनपत्र बुझाउने प्रेस चौतारी म्याग्दीले जनाएको छ ।

त्यसैगरी संयुक्त वैठकले विज्ञापनका सम्बन्धमा सञ्चारगृहका प्रकाशकहरुबीच बसेर आवश्यक छलफल गर्ने निर्णय समेत गरेको छ । मिडियामा काम गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र र परिचयपत्र उपलब्ध गराउनका लागि समेत सञ्चारगृहमा आवश्यक पहल गर्ने संयुक्त वैठकमा छलफल गरिएको थियो ।
त्यस्तै औपचारिक कार्यक्रम भन्दा खोजमूलक र सामाजिक विषयका सवालमा रहेर समाचारलेखनलाई अगाडि बढाउनुपर्ने बताइएको छ । यसैबीच वैठकले क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण सामूहिक बनभोज गर्नका लागि मालती खत्रीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

वैठकमा सहभागि सञ्चारकर्मिहरुले आ–आफ्नो धारणा राख्दै जिल्लाको बिकासका लागी सम्पुर्ण पत्रकारहरुले ऐकेबद्धता जनाएका थिए भने वैठक प्रेस चौतारी म्याग्दीका अध्यक्ष मालती खत्रीको अध्यक्षता र सचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।