बाँके, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट एक भारतीयसहित तीनजना थुनुवा फरार भएका छन् ।
मंगलबार राती फरार भएका ती अभियुक्तमध्ये दुई जना लागुऔषध कारोबारमा र एक जना सार्वजनिक अपराधको आरोपमा पक्राउ परेका थिए ।
फरार हुनेमा बाँके जयसपुरका सायलबाबु अन्सारी र हिरमिनीयाका रसिद अहमद शेख रहेका छन् । यी दुई जना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका हुन् ।
अर्का भारतीय नागरिक विकास बाबु धोवी सार्वजनिक अपराधको आरोपमा पक्राउ परेका थिए । प्रहरी हिरासतबाट फरार भएकामध्ये रसिद अहमद र विकासबाबु धोवी भारतीय प्रहरीको सहयोगमा सीमा बजार रुपैडिहाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये नेपालका शेषलाई नेपाल प्रहरी र भारतीय अभियुक्त धोवीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँकी एक जनाको खोजी भइरहेको छ । तीनै जना मंसिरको पहिलो साता पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीहरू ढोका फोडेर फरार भएका हुन् । रासस















प्रतिक्रिया