४ कार्तिक २०८३, बुधबार

मिस्टर एण्ड मिस मोडल चितवन आयोजना हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ पुस । चितवनमा रहेर मोडलिङ क्षेत्रमा आउन चाहने अविवाहित तथा विवाहित महिला र पुरुषहरुको लागि मोडल सङ्स नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडल चितवन २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन गर्न लागिएको आयोजक सस्थाले जानकारी गराएको छ ।

उक्त प्रतियोगिताबाट छनौट भएकाहरुलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिष्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको मोडल सङ्स नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।

सो सौन्दर्य प्रतियोगितामा इच्छुक १६ वर्षदेखि ३० वर्षसम्मका जोकोही महिला तथा पुरुष प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन् । महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फिट ५ इन्च भन्दा माथिका प्रतियोगीहरु हुनु पर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, उद्घोषण, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, उत्प्रेरणा दिने कक्षा तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिष्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहितका गतिविधिमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले दिए ।