काठमाडौँ, १७ मंसिर । नेपाल भ्रष्टाचारग्रस्त मुलुकको १२६ औं स्थानमा देखिएको छ । ट्रान्परेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१४’ को अध्ययनअनुसार नेपाल २९ अंकका साथ यो स्थानमा परेको हो ।
तथ्याङ्कले नेपालमा गतवर्ष भन्दा भ्रटाचार बढेको देखाइएको छ । नेपाल २०१३ मा ३१ अंकका साथ ११६ औं स्थानमा थियो । अध्ययनमा १७५ देश सामेल गरिएको थियो ।
अध्ययनअनुसार ९२ अंकसहित डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । सोमालिया र उत्तर कोरिया ८ अंकका साथ सबैभन्दा बढी भ्रष्ट मुलुकमा सूचीकृत छन् ।
दक्षिण एशियामा भुटानले सबै भन्दा बढी ६५ अंक पाएको छ । भारत र श्रीलंकाले भने ३८– ३८ अंक पाएका छन् । सार्क राष्ट्रको सबै भन्दा मुलुकमा अफगानिस्तान देखिएको छ । उसको जम्मा १२ अंक छ ।















प्रतिक्रिया