३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग सिधा कुरा र केपी ओली

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– ई. गजेन्द्रप्रसाद थपलिया

देशको कार्यकारी व्यक्तिले टेलिभिजनको प्रत्यक्ष कार्यक्रममा भाग लिने जस्तो कुरा मासिक रुपमा मात्र राख्नुपर्छ भने कसैले १५ दिनमा १ पटक राख्नुपर्छ भने तर उहाँले म हप्ताको १ दिन नेपाली जनता र मसँगै प्रत्यक्ष सम्पर्क गर्न नपाएका र देशका अन्य भागका समस्या समेत मसँग राख्न पाउनुपर्छ भनी आफ्नो अठोटमा सतिसाल भएर उभिनुभयो ।

नेपालको ३८ औँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली २०७२ असोज २४ गते निर्वाचित हुँदादेखि नै उहाँ मातृभूमि र नेपाली जनताप्रति कति जिम्मेवार भएर अगाडि बढ्नु भएको थियो भन्ने कुरा उहाँले गरेका निर्णय र अडानले नै प्रस्ट हुन्छ । समस्याको पहाडको चाङ अगाडि रहेको अवस्थामा त्यसलाई विस्तारै प्राथमिकताको आधारमा सम्बोधन गर्दै र नाकाबन्दीबाट देशलाई मुक्त गर्नुपर्ने त थियो नै, समृद्ध राष्ट्रको खाका कोर्नुपर्ने अवस्था पनि थियो ।

देशमा नाकाबन्दी भएको १९ दिन भइसकेको अवस्थामा प्रधानमन्त्री भएको भए पनि पहिलो कार्य तुईन विस्थापन गर्ने निर्णयबाट समृद्ध राष्ट्र र ग्रामीण जनताप्रतिको उहाँको लगाव र निष्ठानमा कसैले प्रश्न चिन्ह उठाउने ठाउँ छैन । पहिलो, विशेष परिस्थितिमा नेपालको राष्ट्रियताको सवालमा कसरी अगाडि बढ्ने र नाकाबन्दीबाट देशलाई कसरी सहज अवस्थामा ल्याउने । दोस्रो, २०७२ वैशाख १२ भूकम्पबाट दुखित जनतालाई कसरी नवनिर्माणको बाटोमा रुपान्तरण गर्ने । तेस्रो, २०७२ असोज ३ गते आफ्नो बिशेष अडानका कारण जारी भएको संविधान कार्यान्वयन गर्ने र चौँथो समृद्ध नेपाल बनाउनका लागि आर्थिक र पूर्वाधारको क्षेत्रमा राष्ट्रको तर्फबाट देखाउनुपर्ने सपना, ल्याउनु पर्ने योजना र गर्नुपर्ने कार्यान्वयन उहाँको सामु रहेको विशेष जिम्मेवारी थिए ।

नेपालको प्रधानमन्त्रिय प्रणालीमा पदेन ४५ वटा ठाउँको प्रमुख रहने जिम्मेवारीको अलवा देशलाई समृद्धिको बाटोमा हिँडाउन खेल्नुपर्ने भूमिका त झन टड्कारो रुपमा रहेको थियो । उहाँको भित्रैदेखि एउटा कुराले त झन विशेष स्थान लिएको थियो । आफूले गरेका काम र जनताप्रतिको उत्तरदायित्व कसरी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने र आफूले गरेका काम र भूकम्प पीडित जनताप्रति भएका कामको प्रगति विवरण यथार्थमा सबै सामु कसरी लाने भन्ने कुरामा उहाँ बढी नै संवेदनशिल हुनुहुन्थ्यो ।

अहिलेका ४० औँ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रमलाई एकादेशको कथा जस्तो बनाई दिनुभयो ।

यसै सन्दर्भमा उहाँ जनतासँग प्रत्यक्ष सम्पर्कमा रही जनताको मर्का बुझ्ने र आफूले गरेका कामको साथै देश र जनताप्रतिको उत्तरदायी भएको एउटा प्रत्यक्ष कार्यक्रम गर्नुपर्छ भन्ने निर्णयमा पुग्नुभयो । विभिन्न संचारमाध्यमबाट आफ्नो देशको सर्वोच्च कार्यकारी व्यक्ति प्रधानमन्त्रीसँग सिधा कुरा नामाकरणसहितको टेलिभिजन कार्यक्रम गर्ने तय गर्नुभयो । यो कार्यक्रमको सन्दर्भमा धेरै बहस, छलफल चल्यो र कति कति दिनका कार्यक्रममा भाग लिन सकिन्छ भन्ने कुरामा विभिन्न व्यक्तिबाट धेरै थरी विचार आए । कसैले देशको कार्यकारी व्यक्तिले टेलिभिजनको प्रत्यक्ष कार्यक्रममा भाग लिने जस्तो कुरा मासिक रुपमा मात्र राख्नुपर्छ भने कसैले १५ दिनमा १ पटक राख्नुपर्छ भने तर उहाँले म हप्ताको १ दिन नेपाली जनता र मसँगै प्रत्यक्ष सम्पर्क गर्न नपाएका र देशका अन्य भागका समस्या समेत मसँग राख्न पाउनुपर्छ भनी आफ्नो अठोटमा सतिसाल भएर उभिनुभयो । जसको परिणामस्वरुप प्रत्येक हप्ताको शनिबार बेलुकाको नेपाल टेलिभिजनको ८ बजेको समाचारपछि ८.४५ मा शुरु गर्ने गरेर प्रत्यक्ष प्रशारण गर्ने गरि भाग लिने र म सधैँ यो समय व्यावस्थापन गर्छु भन्ने प्रण गर्नुभयो । पहिलो कार्यक्रम लोकतन्त्र दिवसको दिन २०७३ वैसाख ११ गते बाट शुरु भयो । अगाडि देखिको शुरु गर्ने योजना भए पनि व्यावस्थापकिय र प्राविधिक तयारीका लागि केही समय लाग्ने भएकाले निर्णय पछि पनि बाहिर आउन समय लाग्यो । उहाँले नेपालको आर्थिक बर्ष २०७३/७४ को बार्षिक बजेट प्रस्तुत गरेको दिन होस् या विदेश भ्रमणको तयारीको समयमा होस्, जस्तोसुकै दिनपनि आफ्नो कार्यकालको अन्तिम दिनभन्दा ४ दिन अगाडि १५ श्रृंखला २०७४ साउन १५ गतेसम्म निरन्तर जनताप्रति उत्तरदायी भएर आफ्नो पाइला र अभियानमा अडिग भएर कामप्रतिको लगाव, ईमानदारिता र आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएका सबैलाई सर्वविदितै छ । प्रधानमन्त्रीसँग सिधा कुराको प्रत्येक भागमा विभिन्न माध्यमबाट आएका जिज्ञासाको सम्बोधन विषयको प्रष्टीकरण र भुकम्प प्रभाभित जिल्लाको नेपाल पुनः निर्माण प्राधिकरणले गरेको प्रत्येक हप्ताको प्रगति विवरण समेत प्रस्तुत गर्ने गरिएको थियो । जसलाई जनताले राम्रो कामको रुपमा पनि हेरेका थिए । २९७ दिनको आफ्नो प्रधानमन्त्री कार्यकालमा १३४ दिन नाकाबन्दी लाग्दा कति पनि विचलित नभई देश र जनताको शिर उचो बनाएर जनताप्रति र नेपालको माटो र मातृत्वप्रति बफादार भएर समृद्धको खाका कोर्दै जनतासँग प्रत्यक्ष सहभागितासहितको प्रधानमन्त्री देशले विरलै पाउला । यसमा देश र विदेशमा बस्ने सबै नेपालीले गर्वको महसुस नै गरेका छन् । तराईमा बाढीले ठूलो क्षति पुर्‍यायो यदि यस्तो कार्यक्रम भएको भए यसलाई सरकार र प्रधानमन्त्री कार्यालयले कसरी सहयोग गरेको छ र जनताले के कुरा प्राप्त गरे भन्ने जस्ता कुराको यथार्थता आउन मद्दत गर्ने थियो ।

त्यस पछाडिका ३९ औँ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग सिधा कुराको नेपाल टेलिभिजनसँगको प्रत्यक्ष कार्यक्रम १५ दिनमा १ दिन बनाएर निरन्तरता दिनुभयो भने अहिलेका ४० औँ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रमलाई एकादेशको कथा जस्तो बनाई दिनुभयो । यसरी देश र जनताप्रति जवाफदेही भएर काम गर्ने गरि व्यक्ति भन्दा पनि प्रधानमन्त्री पदसँग जोडेर जनतासँगको सम्बन्ध अझ प्रगाढ र उत्तरदाही गरि शुरु गरिएका कार्यक्रमले त निरन्तरता पाउँदैन, जुन नेपाल र नेपालीको लागि दुर्भाग्यका विषय हो । अन्य विकसित मुलुकमा हेर्ने हो भन्ने व्यक्ति परिवर्तन भए पनि राम्रा काम कहिल्यै परिर्तन हुँदैन यसले सधै निरन्तरता पाउँछ । नेपाल समृद्ध नहुनु र विकासमा सधैँ पछाडि पर्नुको एउटा कारण यो हो । राम्रो काम अर्को व्यक्ति वा राजनीतिक पार्टीले शुरु गर्‍यो भने पनि सके विरोध गर्ने नसके पनि वेवास्ता गर्ने र निरन्तरता नदिने परिपाटीले यो देश समृद्ध हुनबाट बन्चित भएको छ । विरोध गर्न सक्नेहरु क्रान्तिकारी हुने ध्वंस गर्नेहरु आन्दोलनकारी हुनुको साथै परिवर्तनकारी हुने तर निर्माण गर्नुपर्छ भन्ने र राम्राको निरन्तरता हुनुपर्छ भन्नेहरु कमजोर रहुन्जेल देश समृद्धको बाटोमा जाँदैन व्यक्ति मात्रै समृद्ध हुने हो । देश गरिब व्यक्ति धनी र राष्ट्र कमजोर व्यक्ति बलियो हुने परिपाटी र मानसिकतामा परिवर्तन नभएसम्म विकास र समृद्धको कुरा नरामा नै सीमित नहोला भन्न सकिँदैन । त्यसैले हामी नेपालीले समृद्ध राष्ट्र चाहन्छौँ भने भिजन, निर्णय र कार्यान्वयन गर्न सक्ने देश र जनतालाई केन्द्रविन्दूमा राखेर सधैँ जनताप्रति बफादार भएर अगाडि बढ्ने निहित स्वार्थ भन्दामाथि उठेको व्यक्तिबाट मात्र सम्भव छ । यहि कुरामा हामी सबैको ऐक्यवद्धता हुनु पर्दछ ।

नेपाल देश हामी सबैको हो नेतृत्व एउटाले गरे पनि राम्रोको समर्थन र नराम्रोको विरोध गर्ने बानी हामी सबैले बसाल्न सके समृद्ध राष्ट्र बनाउने बाटोमा प्रत्येक व्यक्तिले पनि एउटा ईँटा थप्न सक्ने छ । विकास र समृद्धिमा राजनीति नगरौँ समृद्ध राष्ट्र बनाउने अभियानमा सबैले सहयोग गरौँ । यसैबाट देश समृद्धिको बाटोमा जाने छ ।

थपलिया नेपाल बुद्धिजीवी परिषद्का सह–कोषाध्यक्ष हुन् ।