१ कार्तिक २०८३, आइतबार

बाबुरामलाई तटस्थ भई ‘स्वविवेक प्रयोग’ गर्ने अधिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १७ मंसिर । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोध हल गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताको बैठकले प्राप्त भएका सुझाव तथा प्रतिवेदनलाई यथाशीघ्र संविधानसभामा पठाउन समितिका सभापति डा बाबुराम भट्टराईलाई निष्पक्ष अधिकार दिने निर्णय गरेको छ ।

सो बैठकले समितिमा सभापति भट्टराईलाई पार्टीका नेताका रुपमा नभई समितिको सभापतिका रुपमा तटस्थ भई अधिकार प्रयोग गर्न सुझाव दिइएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समितिमा उत्पन्न गतिरोध हटाउन दलहरुमा नेताबीच सहमति भएको भन्दै समितिमा सभापतिलाई स्वविवेक प्रयोग गरी संविधानसभामा प्रतिवेदन पठाउन जिम्मेवारी दिएको बताउनुभयो ।

बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा तथा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतम माओवादी नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छादार सहभागी हुनुहुन्थ्यो ।