१ कार्तिक २०८३, आइतबार

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् ।

शुक्रबार होटेल सोल्टीमा सम्पन्न निर्वाचनको शनिबार विहान ३ बजे घोषित परिणामअनुसार पाण्डे विजयी भएका हुन् ।

उनले प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् । प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डे समुहकै उम्मेदवार निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् ।

अध्यक्षमा सिएन पाण्डे, प्रथम उपाध्यक्षमा अच्युत गुरागाईं, द्वितिय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

सदस्यहरूमा सुदर्शन नेपाल, देबकी गुरुगँ, फुरी ग्याल्जेन शेर्पा, अमृत कुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, ईनु थापा, गीता ढकाल निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको थियो ।