काठमाडौँ, १७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले माघ ८ गते संविधान जारी गर्ने सर्तमा सहमतिको लागि राष्ट्रिय सरकार बनाउन नेपाली काँग्रेस तयार रहेको स्पष्ट पार्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सम्झौता हुने वित्तिकै पनि सहमतिको सरकारको लागि आब्हान गरेको स्मरण गर्दै अहिले पनि संविधानमा सबैको स्वामित्व बोध गराउन सहमतिको सरकार बनाउन आफूहरु तयार रहेको स्पष्ट पानुृभयो ।
‘हाम्रो लागि सरकार भन्दा पनि संविधान प्राथमिकता हो,’ उहाँले भन्नुभयो ‘सुशील कोइरालाको नेतृत्वमा माघ ८ गतेभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन एमाओवादी र मधेशवादी दललाई समेत सरकारमा ल्याउन तयार छौं ।’
कतै पहिलो संविधानसभाको जेठ २ कै दिन दाहो¥याउन डा. बाबुराम भट्टराई लागेका त छैनन भन्ने आशंका उत्पन्न भएको भन्दै उहाँले भट्टराईकै कारण अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको स्मरण गराउनुभयो ।















प्रतिक्रिया