२९ आश्विन २०८३, बिहिबार

गुल्मीका अनिलजंगको बेलायतमा हृदयघातका कारण मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत ।  ३४ बर्षीय अनिलजंग थापाको बेलायतको राजधानी लण्डन नजिक हृदयघातका कारण मृत्यु भएको छ ।

गुल्मी जिल्ला, दरवार देवीस्थान वडा–७ स्थायी घर भएका थापाको आइतवार लन्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आईतवार बिहान २ बजे सामान्य छाती दुखेर खोकी लागेपछि उनका साथीले उनलाई साउथईष्ट लण्डनको विलविचस्थित  क्वीन एलिजाबेथ हस्पिटल पुर्‍याएका थिए ।

उक्त हस्पिटलले लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा रिफर गरिएको थियो। सेन्ट थोमस हस्पिटलमा उनको मुटुको शल्लक्रिया गरिएको थियो ।

फेरि केही समयछि पुनः मुटुले काम गर्न छोडेको भन्दै आईतवार बिहान करिब ६ बजे डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए।उनी अध्ययनको सिलसिलामा सन् २००९ मा बेलायत आएका थिए।