१ कार्तिक २०८३, शनिबार

गुरूले सात कक्षमा पढ्ने छात्रालाई बलत्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-Balatkarगोरखा, १७ मंसिर । सहरहरूमा महिला हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम भइरहेको बेला गोरखाको दुर्गम गाउँ गुम्दामा एक छात्रा आफ्नै गुरुबाट बलात्कृत भएकी छन्।

सूर्योदय मावि गुम्दामा कक्षा सातमा पढ्ने मीनकुमारी नाम परिवर्तित अंग्रेजी पढाउने शिक्षक उमेश भनिने छमबहादुर गुरुङबाट बलात्कृत भएकी हुन्।

गत शनिबार राति गाउँको छेवर कार्यक्रम हेरेर फर्केका शिक्षक उमेशले उनलाई आँगनमा फेला पारेपछि घिच्याउँदै बारीमा लगेर बलात्कार गरेका थिए।

मीनकुमारी रोएको गरेको सुनेर ब्युँझेका छिमेकीले घटना थाहा पाएपछि शिक्षक उमेश भागेको प्रहरीले जनाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राति साढे १० बजे गुम्दा गाविस ९ को एक गाउँमा छेवर हेरेर फर्केका शिक्षक उमेशले सोही गाविसकी छात्रालाई आँगनमा फेला पारेपछि तानेर बारीको कुनामा लगेका रहेछन्, स्थानीय धनबहादुर गुरुङले भने, नानी चिच्याएको सुनेपछि नजिकै घर भएका दाइ उठेर जाँदा नानी नांगै भेटिइन्। उमेश भने भागिसकेको रहेछ।