कोरिया । मोरङ केरौन १ स्थायी घर भएका पदम गुरुङको दक्षिण कोरियामा उपचारका क्रममा मृत्यु भएको छ ।
झण्डै डेड दशकदेखि कोरियामा बस्दै आएका गुरुङको सोमबार राती सुवनस्थित आजु अस्पतालमा निधन भएका हो । गुरुङको मृगौलामा खराबी देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
४५ बर्षीय गुरुङ लामो समयदेखि उच्च रक्तचात लगायत विभिन्न रोगबाट पीडित थिए । सोमबार राति अचानक सिकिस्त भएपछि उनलाई आकस्मीक एम्बुलेन्समा राखेर अस्पलात पुर्याएको केहि क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनका दुई छोरा छन् गुरुङको शव आजु अस्पतालमै राखिएको छ । उनी अवैधानिक रुपमा कोरिया बस्दै आएका थिए ।













प्रतिक्रिया