दिल कुमार श्रेष्ठ
दोहा । नेकपा एमाले निकट प्रवासमा रहेको प्रवासी नेपाली मञ्च दोहा कतारको आगामी कार्यकालको अध्यक्ष पदका लागि रामहरी गैरेले पत्रकार सम्मेलन गरी आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
गैरे २००२ मा कतार प्रवेश गरेका हुन् । गैरेले विभिन्न सामाजिक सस्थामा सहभागी हुदै २००४ मा मञ्चको स्थापनासँगै संस्थापक सदस्य हुँदै दुई कार्यकाल सचिव तथा एक कार्यकाल अध्यक्षको नेतृत्व गरिसकेका छन् ।
सामाजिक सस्थाहरुमा एनआरएनए एनसीसीको सल्लाहकार, चितवन युवा समुहको अध्यक्ष, नेपाली संस्कृति केन्द्रको महासचिव लगायत विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव गैरेसँग छ । गैरेले पत्रकार सम्मेलनमा अबको मञ्चको नेतृत्वमा जानुको कारण प्रस्ट्उदै अहिलेसम्म सिकेका अनुभवलाई परिस्कृत गरी कतारको कानुनलाई सम्मान गर्दै प्रवासी नेपाली श्रमिकहरुको पक्षमा निरन्तर लागि पर्ने बताएका छन् ।
मञ्चको आसन्न अधिवेशन यही १८ र पोख्ररेल१९ डिसेम्बरमा सम्पन्न हुँदैछ । यस अगाडि एक कार्यक्रममा हालका उपाध्यक्ष चानक लेसमेत उम्मेदवारी घोषणा गरिसकेकाले प्रवासी नेपाली मञ्चको चुनाबी माहोल निकै तातेको छ ।













प्रतिक्रिया