१ कार्तिक २०८३, आइतबार

सहमति नभए मुलुक गम्भीर द्वन्द्वमा फस्छः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १६ मंसिर । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले दलहरूबीच सहमति नभए मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले तोकिएकै समयमा संविधान जारी गर्न आग्रह गर्ने उद्देश्यले सोमबार उहाँकै निवास सानेपामा बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति भट्टराईले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले प्रमुख राजनीतिक दलहरुबीच विवादित विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको आरोप समेत लगाउनु भयो । पछिल्ला दिन दलहरूबीच बढेको धुव्रीकरणले पनि समस्या थपेको उहाँको भनाई थियो ।

संविधानका आभारभूत विषयमा बाह्रबुँदे सहमति र शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहमति हुनुपर्नेमा त्यसो हुन नसकी कित्ताकाट गर्ने क्रम बढेका कारण तोकिएको समयमा संविधान जारी हुँदैन कि भन्ने आशङ्का बढेर गएको उहाँको कथन थियो  ।

संविधान लेखन प्रक्रिया बहुमत र अल्पमतको आधारमा अगाडि बढ्ने विषय नभएको भन्दै उहाँले यसलाई सहमतिकै आधारमा टुङ्गो लगाउनुपर्ने र सबैले अपनत्व महसुस गर्ने गरी आगामी माघ ८ गतेभित्रै जारी हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले पछिल्ला दिन राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलेसँगै संविधान लेखनको कामसमेत ओझेलमा परेको हो कि भन्ने आभाष आफूलाई भएको बताउनुभयो ।

‘राष्ट्रिय सहमतिको सरकार गठन हुने विषय गलत नभएपनि त्यस्तो सरकार माघ ८ गते अगाडि हो वा पछाडि हो भन्ने विषयमा प्रस्ट पारी सहमति कायम गर्न दलहरूलाई म विशेष आग्रह गर्दछु’– सभापति डा भट्टराइृले भन्नुभयो ।

दलहरूले सहमतिका आधारमै संविधान जारी गर्न केही दिन समय दिनुप¥यो भन्ने आग्रह गरेकाले बुधबार दिउँसो दुई बजेसम्मका लागि सम्वाद समितिको बैठक स्थगन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले तोकिएको समयमा संविधान जारी गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।