२९ आश्विन २०८३, बिहिबार

विश्वभरका ६० भन्दा बढि शहरमा मनाइयो, इन्टरनेशनल नो पेन्ट्स डे (फोटो फिचर)

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यात्रुहरु लण्डनमा विना पाइन्ट यात्रा गर्दै । तस्विरः टोल्गा एकमेन/ईपीए

एजेन्सी । विश्वभरका ६० शहरमा इन्टरनेशनल नो पेन्ट्स डे (अन्तर्राष्ट्रिय विना पाइन्ट मनाइने दिवस) मनाइएको छ । यो दिवसलाई ‘नो पेन्ट्स सबवे राइड (No Pants Subway Ride)’ पनि भन्ने गरिन्छ । हरेक वर्ष जनवरीको सुरुवातमा यो दिवस मनाउने गरिन्छ ।

यात्रुहरु चेक रिपब्लीकको प्रागमा विना पाइन्ट भ-याङ झर्दै । तस्विरः डेभिड सर्नी/रोयटर्स

यो दिवसमा विना पाइन्ट सबवे (विद्युतीय रेल)को सफर गर्ने गरिन्छ । यो दिवसको आयोजना ‘इम्प्रुभ एभ्रीह्वेर (Improv Everywhere)’ नामक संस्थाले आयोजना गर्ने गर्दछ । जनवरीको कुन दिन यो दिवस मनाउने भनेर डिसेम्बर महिनामा छलफल गर्ने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य मानिसहरुलाई हसाउनको लागि हो ।

यात्रुहरु लण्डनमा नो पाइन्ट सबवे राइडमा सहभागी हुँदै । तस्विरः बेन स्टानसल/एएफपी

इन्टरनेशनल नो पेन्ट्स डे २००२ मा न्युयोर्कमा ७ जना सहभागीबाट सुरु गरिएको यो दिवस हाल विश्वका ६० भन्दा बढि शहरहरुमा मनाइने गरिन्छ । सुरुवातमा यो दिवस मनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि उनीहरुको मुद्दा रद्द गरियो ।

जर्मनीको बर्लिनमा नो पाइन्ट सबवे राइडका सहभागीहरु । तस्विरः कार्सटेन कोल/गेट्टी इमेज

२००६ मा १५० जना सहभागीहरुले न्युयोर्कमा यो दिवस मनाएका थिए । २०१३ पछि यो दिवस ६० भन्दा बढि शहरहरुमा मनाउन थालिएको हो । २०१६ को जनवरीमा रसियाको मस्कोमा पनि यो दिवस मनाउन सुरु गरियो ।

नो पेन्ट सबवे राइडकी सहभागी एक युवती चेक रिपब्लीकको प्रागमा विना पाइन्ट भ-याङ झर्दै । तस्विरः मार्टिन डिभिसेक/ईपीए
नो पेन्ट सबवे राइडका सहभागीहरु वासिङटन डिसीमा । तस्विरः एन्ड्रयु रेनोल्ड/एएफपी/गेट्टी इमेज
नो पेन्ट सबवे राइडका सहभागीहरु जर्मनीको मुनिखमा । तस्विरः जर्ज कोच/ईपीए
नो पेन्ट सबवे राइडका सहभागीहरु वासिङटन डिसीमा । तस्विरः एन्ड्रयु रेनोल्ड/एएफपी/गेट्टी इमेज
नो पेन्ट सबवे राइडका सहभागीहरु इजरायलको जेरुसलेममा । तस्विरः अबिर सुल्तान/ईपीए
नो पेन्ट सबवे राइडका सहभागीहरु इजरायलको जेरुसलेममा । तस्विरः रोनेन भुलुन/रोयटर्स