१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष केपी शर्मा ओली कतार जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौं, १६ मंसिर । प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशनमा भाग लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कतार जानुहुने भएको छ ।

आगामी डिसेम्वर १९ मा हुने मञ्चको चौथो अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष ओली कतार जाने निश्चित भएको हो । उक्त अवसरमा प्रवासी नेपालीहरुको अवस्थाको वारेमा छलफल हुने कार्यक्रम रहेको मञ्चका अध्यक्ष दिल किरण खजुमले जानकारी दिनुभयो ।

मञ्चको चौथो अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले तीव्रताका साथ तयारी गरिरहेको मञ्चले जानएको छ । मञ्चको सदस्यता नवीकरण तथा प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ । अध्यक्ष ओलीको कतार भ्रमणले प्रवासी नेपालीहरुको हितमा फलदायिक हुने कुरामा कतारवासी नेपालीहरुले अपेक्षा गरेका छन् ।