१ कार्तिक २०८३, आइतबार

भीमदत्त राजमार्ग अनिश्चितकालका लागि बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, मंसिर १६गते । गत असोज २० गते डोटीमा भएको बस दुर्घटनाका पीडित परिवारहरुले गाडी चालकलाई कारवाहीको माग गर्दै आज भिमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द गराएका छन् ।

अनिश्चितकालीन यातायात सेवा बन्द गरेपछि लामो तथा छोटोदुरीका यात्रुहरुलाई समस्या भएको छ ।

मृतक तथा घाईतेका परिवारहरुले गाडी चालकलाई जन्म कैदको माग तथा पूर्ण क्षतिपूर्ति पाउनु पर्ने, दुर्घटनापछि बनेको छानबिन समितिले दोषी ठहराएकालाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै १५ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए ।

आफूहरुले ज्ञापनपत्र समेत बुझाउँदा स्थानीय प्रशासनले कुनै चासो नदेखाएकोले अनिश्चित सडक बन्दको आहवान गरेको स्थानीय दुर्गादत्त ओझाले बताए ।

बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले अहिलेसम्म पूर्ण राहत नपाएको गुनासो गरेका छन् । गएको असोज २० गते डोटीको बुडर–जोरायल सडक खण्डमा छतिवन गाविसको बजलेक भन्ने ठाउँमा भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाइते भएका थिए ।