१ कार्तिक २०८३, आइतबार

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New brand logo of Ncell – an Axiata company.

काठमाडौं, २३ पुस । देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा(फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान(सिराहा) र धनगढी (कैलाली) मा पनिविस्तार गरेको छ । आइतबार यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्तगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् । यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ।

“अझधेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दु्तगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चितगर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनिफोरजी सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।”

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा हाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबीफोरजी डेटा पनि प्राप्त गर्ने छन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ ।

यसका साथै फोरजी सेवा प्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानफ्रि’योजना अन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने छन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् ।

यससँगै एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी योण्डर म्युजिकको निःशुल्क मजालिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहद डिजिटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीत संगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।

फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

एनसेलले आफ्नो फोरजी सेवा अझविस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्यलिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी सेवाको विस्तारसँगै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।