१ कार्तिक २०८३, आइतबार

एनआईसी एशियाले एक अर्वको लगानी कोष निष्काशन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीएनआई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामूहिक लगानी कोष निष्काशन गर्ने भएको छ ।

७ वर्षे बन्दमुखी योजना रहेको एनआइ सी एशियाग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट पुस ११ गते निष्काशन गर्नका लागि अनुमति प्राप्त गरेको छ ।

माघ १० गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको बैंकले जनाएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले क्यापिटल (कोषव्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)” तथा एनआई सी एशिया बैंकबैंक लिमिटेड (कोष प्रबद्र्धक) लाई “[ICRANP – IR] A-” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।

एनआइ सीएशियाग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्री गर्न लागिएको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु¥याउन सकिनेछ ।

म्युच्युअलफण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ ।

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् । दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभलिन सक्नेछन् ।

कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् ।

कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्ति (Net Assets Value) का आधारमा आफ्नो लगानी फिर्ता पाउनेछन् ।

सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामूहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ ।

विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामूहिक लगानि कोषको आकर्षण बढ्दो छ ।