१ कार्तिक २०८३, आइतबार

अब पैसा बचत गर्न सजिलो, राष्ट्र बैंकले ल्याउँदैछ यस्तो सुविधा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस ।  नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारोवारका लागि निश्चित ठाउँ तथा समय कुर्नु नपर्ने व्यवस्था छिट्टै शुभारम्भ हुँदैछ ।” शिवाकोटीका अनुसार अब यो प्रणाली शुरु भएसँगै उपभोक्ताले सहज सेवा पाउने छन् । रासस