धनगढी, १५ मंसिर । प्रेस चौतारी नेपाल कैलाली शाखाको छैठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले मीन ठकुरीको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा लोग्श्वरी कुँवर, सचिवमा प्रकाश मिश्र, कोषाध्यक्षमा भीम विक, सहसचिवमा लक्ष्मण गौतम चयन भएका छन् । यसैगरी, सदस्यहरुमा यमबहादुर बम, गगन कठायत, रेखा कुँवर, ममता रसाईली, लक्ष्मीप्रसाद जैशी, खगेन्द्र जोशी, मुकेश विक, वीरबहादुर चौधरी र हरि जोशी चयन भएका छन् । कार्यसमितिको १ सदस्य शाखाको बैठकबाट मनोनित गरिने प्रेस चौतारी कैलालीले जनाएको छ । यसअघि अधिवेशनको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सचिव योगश भट्टराईले गर्नुभएको थियो । अधिवेशनमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको विशेष उपस्थिति थियो ।
















प्रतिक्रिया