– माधव बेल्वासे
कपिलवस्तु १९ पुस । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ १७ औँ फुटबल प्रतियोगीता बिहिबारबाट सुरु हुने भएको छ । सुर्यमुखी युवा क्लव शिवगढीको आयोजनामा हुने खेलको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
‘विकास र परिवर्तनका लागी युवा अघि सरौँ, शिवगढी लाई पर्यटकीयको रुपमा विकाश गरौँ’ भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । कपिलवस्तु शिवगढी क्षेत्र पर्यटकी स्थल रहेपनि ओझेलमा परिरहेकोले यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष संकल्प गुरुङले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ४० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै द्वितीय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र तथा तृतीय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
यसैगरी महिला तर्फ प्रथमलाई १० हजार नगद शिल्ड, मेडल, प्रमाण पत्र, द्वितीयलाई ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि २० समुहहरु दर्ता भएका छन् ।















प्रतिक्रिया