दमक, १५ मंसिर । झापाको बाहुनडाँगी–३ की १३ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गर्न खोजेको आरोपमा सोही स्थानका पाँचजना युवकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
बाहुनडाँगी गाविस–४ का १७ वर्षीय तिलक बस्नेत, २३ वर्षीय मनलाल मगर, १९ वर्षीय निश्चल राई, वडा नं २ का १९ वर्षीय सनिल राई र मोरङ जिल्ला मधुमल्ला–७ का १७ वर्षीय समिर लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मुद्दा दर्ता गरेको हो ।
उनीहरूले ती बालिकालाई गत मङ्सिर १२ गते दिउँसो करिब ३ बजेतिर घर फर्कने क्रममा बाटोमा एकान्त पारेर जबर्जस्ती गर्न खोजेको र त्यसको प्रतिकारमा बालिकाले रोइकराई गरेर चिच्याएकी थिइन् ।
त्यसपछि स्थानीयवासीले पीडितलाई घटनास्थलबाट उद्धार गरेका थिए । घटनापछि तत्कालै पीडित परिवारले प्रहरीमा उजुरी गरेपछि सबै आरोपितलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस















प्रतिक्रिया