१ कार्तिक २०८३, आइतबार

विषाक्त रक्सी खाँदा तीन महिलाको मृत्यु, २८ जना सिकिस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची,  १५ मंसिर । सिन्धुपाल्चोकको तातोपानी–३ मा विषाक्त रक्सी खाँदा तीन महिलाको मृत्यु भएको छ भने अन्य २८ जना बिरामी परेका छन् ।

यही मंसिर ११ गते स्थानीय विष्णु श्रेष्ठको छोराको विवाहमा काम गर्न गएका स्थानीय तातोपानी–४ का सोममाया थामी, चरकुली थामी, धनमाया थामीले विवाहमा सगुनका रुपमा दिएको रक्सी घरमा ल्याएको र यही मंसिर १२ गते बेलुका उक्त रक्सी उनीहरुले खाएका थिए ।

रक्सी खाएलगत्तै बिरामी परेका उनीहरुको बाह्रबिसेस्थित अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे सोममाया र चरकुलीको मृत्यु भएको अर्की धनमायाको बिहान ८ बजे मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार मंसिर १२ गते बेलुकी उनीहरुले खाएर बाँकी रहेको रक्सी स्थानीय थामी गाउँमै १३ गते भएको विवाहमा आएका जन्तीलाई सगुनका रुपमा खुवाएको र खानेमध्ये २८ जनासमेत बिरामी परेको उहाँले जानकारी दिनुभयो । बिरामी सबैको बाह्रबिसेमै उपचार भइरहेको छ । रासस