३० आश्विन २०८३, शुक्रबार

२२ दलीय मोर्चाले प्रचण्डलाई स्वर्ग होइन नर्कमा पुर्‍याउँछः योगेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yagesh-bhattariनेपालगञ्ज, १५ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीलाई २२ दलीय मोर्चाको नेतृत्व छाडेर संविधान निर्माण प्रक्रियामा आउन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारीले सोमबार कञ्चनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

‘२२ दलीय मोर्चा छाडेर आउँदा एमाओवादीलाई फाइदाजनक हुन्छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीले २२ दलीय मोर्चाकै नेतृत्व गर्ने र संविधान बनाउँन नदिने खेल खेल्यो भने माघ ८ गतेलाई केही दिन लम्ब्याउन सक्छ । त्योभन्दा बढी केही गर्न सक्दैन ।’

उहाँले एमाओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै २२ दलीय मोर्चा उहाँलाई स्वर्गको बाटो होइन नर्कमा पु¥याउने दाबी गर्नुभयो ।

उहाँले तोकिएकै समयमा संविधान बनाउन एमाओवादी तयार भए उक्त दलसहितको राष्ट्रिय सरकार बनाउन आफूहरू तयार रहेको पनि बताउनुभयो ।

उहाँले ‘सकेसम्म सहमतिका आधारमा नभए प्रक्रियामा गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने दाबी गर्नुभयो ।