काठमाडौं, १७ पुस । उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो देश परमाणु अस्त्रसम्पन्न भएको दोहोर्याउँदै त्यसको ‘बटनँ आफ्नो नजिकै रहेको चेतावनी दिएका छन् ।
उनले सम्पूर्ण अमेरिकी मूलभूमिमा प्रहार गर्न सक्ने सामर्थ्य भएका परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले अब वाशिङ्टनले कहिल्यै पनि युद्ध शुरु नगर्ने बताए । तर, उनले उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उल्लेख गरेका छन् ।
यद्यपी किमले दक्षिण कोरियाका बारेमा सकारात्मक धारणा राख्दै वार्ताका लागि आफू सकारात्मक भएको बताए ।
एउटा अवज्ञाकारी सन्देशमा किमले सम्पूर्ण अमेरिका अब आफ्नो परमाणु अस्त्रको पहुँचमा रहेको भन्दै अमेरिकाले कहिल्यै पनि युद्ध शुरु गर्न नसक्ने बताए। उनले भने, àपरमाणु अस्त्रको बटन जतिबेला पनि मेरो साथमै हुन्छ।’
किमले आफूले भनेका कुरा धम्की मात्र नभई वास्तविकता भएको पनि उल्लेख गरेका छन् ।
आगामी फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलिम्पिक्समा प्रतिनिधिमण्डल पठाउनेबारे आफूले सोचिरहेको जनाएका छन्।
दक्षिण कोरियाले लामो समयदेखि सो प्रतियोगितामा प्योङयाङको सहभागिता हुँदा त्यसले कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्न सहयोग गर्न सक्ने बताउँदै आएको छ। – बीबीसी
















प्रतिक्रिया