काठमाडौँ । संसारभरी नै कुनै व्यक्ति वा घटनाको सम्झनामा स्मारक निर्माण गर्ने गरिन्छ । अधिकांश स्मारकहरु सामान्य हुन्छन् । तर संसारमा यस्ता स्मारकहरु पनि छन् जुन हेर्दा अनौठो लाग्छ, कुनै भने हाँसो लाग्ने खालका पनि हुन्छन् । ।
हेर्नुहोस् संसारका विचित्रका स्मारकहरुः
१. ला पोउन्स (फ्रान्स)
यो ला पोउन्स नामक ४० फिटको बुढि औँलाको स्मारक फ्रान्सको पेरिसस्थित व्यस्त व्यवसायिक क्षेत्रमा निर्माण गरिएको छ । यो स्मारक सिजर बाल्डासिनीले बनाएका हुन् । यसलाई संसारकै विचित्रको स्मारकको रुपमा लिइन्छ । यो मुर्तिकार बाल्डासिनीको आफ्नै बुढि औँलाको प्रतिमुर्ति हो । १९६५ मा बनेको यो स्मारक हालसम्म पनि सोही स्थानमा संरक्षित छ । यो के का लागि बनाइयो भन्ने सत्य थाहा नहुनु अर्को विचित्रको कुरा हो ।
२. झुण्डिएको मुर्ति (चेक रिपब्लिक)
यो स्मारक हेर्दा कुनै मानिसले आत्महत्या गर्न लागेको जस्तो देखिन्छ, तर वास्तवमा यो एक हातले समाएर झुण्डिएको एक मानिसको पीतलको मुर्ति हो । जुन चेक रिपब्लिकको प्राग सहरमा अवस्थित छ । यो मुर्ति अष्ट्रियन न्युरोलोजिष्ट सिगमण्ड प्रायडको स्मारकको रुपमा लिइन्छ । यसलाई विवादित मुर्तिकार डेभिड सर्नीले बनाएका हुन् । यो स्मारक हेर्दा विचित्रको देखिएपनि यसको संदेश भने निकै महत्वपूर्ण छ । यसले कम्युनिज्मका कारण क्षत विक्षत भएका देशमा कम्युनिज्मको पतनलाई संकेत गरेको छ ।
३. डि भार्टकापोयन (बेल्जियम)
यो मुर्तिकार टोम फ्रान्टजेनले बनाएको निकै विचित्रको स्मारक हो । यो बेल्जियमको ब्रसेल्समा अवस्थित छ । यो मुर्तिमा एक प्रहरीलाई ढलबाट निस्किएको मानिसले खुट्टामा समाएर लडाउन खोजेको देखाइएको छ । यो १९८५ मा निर्माण गरिएको हो ।
४. जमिनबाट निस्किएको हिप्पो (ताइवान)
यो स्मारक ताइवानको ताइपाई सहरमा अवस्थित छ । यसमा जमिनबाट पानीमा बस्ने हिप्पो पोटामस तैरिरहेको देखाइएको छ ।
५. महिलाको ह्याण्डब्याग
यो अजिबको स्मारक, मनोरञ्जनात्मक स्मारक सर्वप्रथम इटालीमा आयोजना गरिएको एक प्रदर्शनीमा ‘Thoughts. Space. A dialogue between nature and imagination.’ भन्ने शिर्षकमा राखिएको थियो ।
६. यात्रीहरु (फ्रान्स)
यो मूर्तिकला एक पूर्ण श्रृंखला हो । जुन केवल फ्रान्सको मार्सलस्थित सडकको आसपास मात्रै नभई धेरै आधुनिक कला प्रदर्शनीहरुमा पनि प्रदर्शन गरिइसकेको छ ।
७. अज्ञात कर्मचारी (आइसल्याण्ड)
यो ‘Unknown Bureaucrat (अज्ञात कर्मचारी)’लाई आइसल्याण्डका मुर्तिकार म्याग्नस टोमासनले १९९४ मा बनाएका हुन् । यो सम्भवत सहरको सबै भन्दा महत्वपूर्ण र सबैको ध्यान खिच्ने मनोरञ्जनात्मक मूर्तिकला हो । जुन निकै उल्लेखनीय छ । यसबाट धेरै विवरणहरु लिन सकिन्छ । – एजेन्सी















प्रतिक्रिया