काठमाडौं, १५ मंसिर । घाइते अवस्थामा छटपटाउँदै ह्याम्स अस्पतालभित्र छिरेको एउटा भैसीलाई प्रहरीले इन्काउन्टर गरेको छ ।
भैसीले अस्पतालमा विध्वंस मच्याउन सक्ने भन्दै प्रहरीले गोली हानेको हो ।
नजिकैको सुकुम्बासी टोलमा मार हान्न खोज्दा ज्यान बचाएर भाग्दै आएको भैसी अनियन्त्रित अवस्थामा बिहान ११ बजे बुद्धनगरस्थित अस्पताल भित्र छिरेको थियो ।
भैसीलाई बानेश्वरमा डिएसपी रमेशकुमार तामाङले गोली हानेर मारेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
एउटा भैसीलाई किन नियन्त्रणमा लिन नसकेकको भन्ने प्रश्नमा तामाङले अस्पताल संवेदनशिल ठाउँ भएकाले जोखिम मोल्न नचाहेको प्रतिक्रिया दिए ।















प्रतिक्रिया