गोरखा, १५ मंसिर । कण्डमको प्रयोग गर्न छाडेर गर्भ निरोधको औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी सर्ने जोखिम बढेको छ।
औषधिले गर्भ बस्न रोके पनि एचआईभी तथा यौन रोग सर्नबाट रोक्दैन ।
स्वास्थ्थका लागि खतरा र आर्थिक रुपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्सासहत गर्नुपर्ने स्वास्थ्थर्मीहरु बताउँछने ।
गोरखामा अहिले एचआईभी संक्रमित व्यक्ति को संख्या एकसय ५३ छ।
बिगत एक बर्षयता कण्डम छाडेर ईकोन, आइपील, अनवाण्टेड लगायतका औषधि किन्नेको संख्या ५० प्रतिशतले बढेको यहाँका औषधि व्यवसायीहरू बताउँछन्।
विशेषगरी अबिबाहितहरू दिउसोको समयमा यस्तो औषधि किन्न आउँने गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
गोरखा बजारमा रहेका १० वटा औषधि पसलको तथ्यांक अनुसार दैनिक ८० भन्दा धेरै गर्भ निरोधको औषधि बिक्री हुने गरेको छ।















प्रतिक्रिया