१ कार्तिक २०८३, शनिबार

चन्दको पलायनसँगै दुई माओवादी एकीकरण होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Puspakamal-&-Mohanकाठमाडौ, १५ मंसिर । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले अध्यक्ष मोहन बैद्यको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेलगत्तै पार्टीभित्र एमाओवादीसँग तत्काल एकीकरण गर्ने वा नगर्ने भन्ने बहस सुरु भएको छ ।

अध्यक्ष बैद्य तत्काल पार्टी एकीकरण नगर्ने पक्षमा छन् भने महासचिव रामबहादुर थापाले तत्काल एकीकरण गर्ने पक्षमा छन् ।

उनले आफू निकटका केन्द्रीय सदस्यसँग छलफल अघि बढाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

तत्काल पार्टी एकीकरण गरेर नयाँ ढंगले अघि बढ्नु पर्ने भन्दै महासचिव थापाले आफूनिकटका पार्टी केन्द्रीयसँग छलफल अघि बढाएका हुन् ।

पार्टीबाट चन्द समूह अलग भएपछि एमाओवादीसँग एकीकरण गर्नु पर्छ भन्ने केन्द्रीय सदस्यको संख्या बढेको छ ।

पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले एकीकरणबारे अनौपचारिक रुपमा पार्टीभित्र छलफल भइरहेको बताए ।

‘छलफल र बहस भइरहेका छन्,’ उनले भने, ‘औपचारिकरुमा हुनलाई केन्द्रीय समितिको निर्णय हुनपर्छ ।’

थापा पक्षीय एक केन्द्रीय सदस्यका अनुसार कम्युनिष्टसँग मिलेर गएमात्र क्रान्ति सफल हुन्छ भन्ने बहस र छलफल चलेको छ ।

‘राजनीति भनेको अचम्म कुरा छ, कहिले चाहेर पनि जुट्न नसिके, कहिले नचाहेर एकीकरण गर्नु पर्ने, हामीले पार्टीभित्र एकीकरणका लागि छलफल र बहस चलाएका छौं,’ ती केन्द्रीय सदस्यले भने, ‘महासचिव कमरेडले छलफल चलाउनुभएको छ, अध्यक्ष कमरेड पनि ढिलो चाँडो सहमत हुनैपर्छ ।’

पार्टीले पठाएको ६ वटै बुँदा स्वीकारे चाँडै एकीकरण हुने दाबी गर्दै ती केन्द्रीय सदस्यले एमाओवादी पनि एकताको पक्षमा रहेको उल्लेख गरे ।

‘करिव सहमति भइसकेको छ, त्यो नमिलेको बुँदामा पनि एमाओवादीसँग छलफल गरिन्छ,’ ती सदस्यले भने, ‘उताका (एमाओवादी) साथीहरु प्नि चाँडै एकीकरण गर्ने मुडमा छन् ।’

शनिबार पार्टी कार्यालय बुद्धनगरमा केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष बैद्यले पनि ६ वटै बुँदामा सहमत भए एकीकरण हुने बताए ।

‘क्रान्तिकारीहरु मिल्नुपर्छ, मिलेर क्रान्ति अगाडि बढाउनपर्छ भन्ने हाम्रा बहस र छलफल जारी छ, ६ वटै बुँदामा सहमत भए एकीकरण गर्न सकिन्छ,’ बैद्यले भने, ‘पाँचवटा बुँदामा एमाओवादी सहमत भइसकेको छ ।’