काठमाडौँ, पुस १५ । विराटनगरको हाटखोलामा शनिबार आयोजना गरिएको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा (फोरजी)को अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ आयोजना गरिएको सो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगै गाउँदै नाच्दै रमाईलो गरेका छन् ।
विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु भएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित विभिन्न खेलका स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किड्स जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरुले मेलालाई विषेश बनाएको थियो । मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर प्रयोग गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था गरिएको थियो ।
मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट ‘क्या दामी भो’, ‘पिलायो साथीले’ र ‘संगी’ लगायत गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘हाउडे’ र ‘केस नम्बर ४२०’ जस्ता आफ्ना प्रस्तुतीहरु राख्दै दर्शकहरुको मन जितेका थिए । त्यस्तै सांगीतिक समुह ‘कबवेब’ले अत्याधिक मन पराइएका गीतहरु ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु प्रस्तुत ग-यो । त्यस्तै, ‘द एज व्याण्ड’ले लोकप्रिय ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गराए ।
रोडिजका विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको उपस्थितीले मेलामा थप रौनकता छाएको थियो । मेलामा सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भए ।
युवाहरु फोरजी थिम रहेको पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्सहरु खेल्न तल्लिन देखिन्थे भने बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।
एनसेल मेलाले विराटनगरमा ग्राहक तथा दर्शकहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्दै सबैको मन जित्न सफल भएको एनसेलले जनाएको छ । गीत संगीत, खेलहरु र अन्य विभिन्न आर्कषण बाहेक, मेलामा दर्शकहरुले विभिन्न देशी र विदेशी परिकारहरुको मजा लिन पाएका थिए । विराटनगर पश्चात एनसेल मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना गरिनेछ ।






















प्रतिक्रिया