दोहा । मृगौला फेल भएर पीडित बनेकी झापा शिवगन्ज बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत २२ वर्षीया मनीषा लम्सालको उपचारमा सहयोग गर्नका लागि खर्च जुट्न थालेको छ ।
उनको उपचारका लागि कतारबाट २ लाख नेपाली रुपैयाँ संकलन भएको छ ।
२ महिनाअघि अमेरिकामा कार्यरत शिवगन्ज स्थायी घर भएका डाक्टर मदन उप्रतीको संयोजकत्वमा युरोप, क्यानडामा कार्यरत जन आदर्शका भूपू विद्यार्थीहरुले पनि २ लाख रुपैयाँ संकलन गरी नेपाल पठाएका थिए ।
जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्च कतारको पहल तथा प्रोत्साहनमा उक्त रकम संकलनमा कतारको अलखोर स्थित अल मिस्नाद कम्पनीमा कार्यरत धेरैले सहयोग गरेको बताइएको छ ।
अल मिस्नाद कम्पनीमा विगत सात वर्षदेखि कार्यरत शिवगन्जका इन्द्र खड्का र नेत्र बोहोराको सयोजकत्वमा रकम संकलन भएको हो ।
रकम संकलनमा योगदान दिने तथा सहयोग गर्ने सबैलाई जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्चले गत २८ तारिख दोहामा बैठक बसी विशेष धन्यवाद प्रस्तावपारित गरेको मञ्चका कार्यवाहक अध्यक्ष मुकेश सुब्बाले बताएका छन् ।
मञ्चले २ महिनाअघि मृगौला रोगबाट पीडित लम्सालको उपचारमा सहयोग गर्न आह्वान गरेको थियो । उक्त आह्वान गरे लगत्तै रमक संकलन अभियान अमेरिकाबाट सुरु भएको थियो ।
हाल अमेरिकामा कार्यरत जन आदर्शकै भूपू विद्यार्थी डक्टर मदन उप्रेतीले फेसबुकमा सेभ मनीषा लम्साल नामको अनलाइन एकाउण्ट सञ्चालन गरी आफैंले ५०० अमेरिकी डलर हालेर सहयोगका लागि आह्वान गरेका थिए ।
करिब तीन साताअघि चलाएको उक्तअभियानमा जन आदर्शकाभूपू विद्यार्थीहरुको बाहुल्यता रहेको सहयोगी उज्जवल रायले बताए ।
उज्जवलका अनुसार अमेरिकाबाट युवराज खतिवडा, क्यानडाबाट निलम पौडेल, लन्डनबाट चन्दन तिम्सिना, टंक उप्रेतीलगायत विभिन्न देशबाट २५ जना दाताबाट करिब २ हजार अमेरिकी डलर (करिब १ लाख ९६ हजार नेपाली रुपैयाँ) मनीषाको उपचारका लागि संकलितभएको थियो ।
उक्त रकम जन आदर्श माविकीपूर्व शिक्षिका गोमा उप्रेतीले सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेको बताइएको छ । कतारमा संकलित रकमपनि एक साताभित्रै सम्बन्धित परिवारसमक्षपुग्ने जानकारी प्राप्तभएको छ ।













प्रतिक्रिया