२९ आश्विन २०८३, बिहिबार

उपेन्द्र यादवले भने- वाम गठबन्धन नटुटोस्, उहाँहरु एकताबद्ध रहुन्, मुलुकको हितमा काम गरुन (भिडियो)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु वाम गठबन्धन फुटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । माओवादीलाई बाहिर राखेर एमालेसँग मिलेर सरकार बनाउन फोरम तयार भएको खबरहरु आएपछि उपेन्द्रले वाम गठबन्धन नटुटोस भन्ने पक्षमा आफूहरु रहेको बताए ।

कान्तिपुर टेलिभिजनको टक टफमा आफूले भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलासा गर्दै उनले भने– ‘वाम गठबन्धन नटुटोस् । उहाँहरु एकताबद्ध रहुन् । र मुलुकको हितमा काम गरुन ।’

उनले एमालेले संविधान संशोधनका विषयमा छलफल गरिरहेको भन्दै संशोधनको ग्यारेन्टी भए सहकार्य गर्न सकिने स्पष्ट पारे । ‘हामी एमालेसँग मिलेर माओवादीलाई बाहिर राख्नुपर्छ भन्ने पक्षमा छैनौं । त्यस्तो अपराध हामीबाट हुन्न् । दुइटै मिलेर जाउन भन्ने पक्षमा हामी छौं,’ उनले भने ।

भिडियोः