३ कार्तिक २०८३, मंगलबार

सडक दुर्घटनामा परी कलाकार विना थापाको निधन

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा भएको सडक दुर्घटनामा परी कलाकार विना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा. ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी विनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

गुल्मीको मुसिकोट गाउँपालिका २ निवासी विनाले राजधानीमा बसेर कलाकारिता गर्दै आएकी थिइन् । प्रदर्शनको क्रममा रहेको निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’मा समेत उनको अभिनय रहेको छ । उनी थिएटर कलाकारले चर्चित थिइन् ।