१ कार्तिक २०८३, आइतबार

कञ्चनपुर उद्योग वाणिज्य संघले देहरादुनमा इण्डो-नेपाल महोत्सव गर्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ पुस । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ ।

नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले बुधबार राजधानीको नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए ।

उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताइन् । ‘नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ,’ उनले भनिन् ।

संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो ।

तस्वीरः श्याम भट्ट