१ कार्तिक २०८३, शनिबार

अर्काको नेता चोर्ने प्रयासमा विपक्षी दलहरू !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, १४ मंसिर । सत्तारूढ दल कांग्रेसभित्रका मधेसी तथा जनजाति नेताहरूलाई फकाएर आफ्ना एजेन्डामा तान्ने रणनीति एमाओवादीसहितका विपक्षी दलहरूले बनाएका छन्।

तराईमधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले आफूहरूले मात्रै गरेको प्रयासले उद्देश्य पूरा नभएकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि यसमा पहल गर्नुपर्ने प्रस्ताव शनिबार बिहान एमाओवादीसहित नवगठित मधेसी मोर्चा र संघीय समाजवादी पार्टीका नेताहरूको बैठकमा राखेका थिए।

उनले अन्नपूर्णसँग भने, कांग्रेस९एमालेको नौबुँदे प्रस्तावका विपक्षमा ती दलका केही सभासद्बाट वक्तव्य आएका छन्, उहाँहरूको भनाइ के हो भन्ने सामान्य कुराकानी भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्नुपर्नेमा दलहरूबीच आपसी समझदारी बन्न नसकेको अवस्थामा झन् अन्योल बढाउने विपक्षी दलहरूको यो रणनीति आएको हो।

एमाओवादी संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले यसलाई सत्तारूढ दलभित्र खेल्न खोजेको भन्दा पनि उत्पीडितहरूको साझा धारणा बनाउन खोजेको अर्थमा लिनुपर्ने प्रतिक्रिया दिए।

उनले भने, अघिल्लो बैठकमै यसबारे कुरा भएर टोपबहादुर रायमाझी र हृदयेश त्रिपाठीसहितका नेतालाई ती दलभित्रका मधेसी र जनजाति नेतासँग कुरा गर्ने जिम्मा दिइएको थियो।

सत्तारूढ दलको नौबुँदे प्रस्तावका विपक्षमा तीनै दलका नेता भएकाले दुई तिहाई बहुमत नपुग्ने र पारित गर्न समस्या परेपछि सहमतिमा आउन बाध्य हुन्छ भनेर यस्तो रणनीति बनाइएको हो।

कांग्रेस(एमालेलाई दबाब दिन यस्तो रणनीति अपनाउनुपरेको बैठकमा सहभागी मधेसी जनअधिकार फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले  बताए।

फोरम नेता रामजनम चौधरीले भने, कांग्रेस(एमालेभित्र थारू सभासद्ले पनि सत्तारूढ दलका प्रस्तावमा विमति जनाउन थालेका छन्। हामीसँग कुरा भएको छ।

बैठकमा दाहालले मधेसी दलप्रति विशेष स्नेह प्रकट गरेको सहभागी नेता यादवको अनुभव छ। दाहालले शनिबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटी अब तीन दलको मात्र बैठक नबस्ने, बस्नैपरे मधेसी मोर्चालाई पनि सामेल गरेर बस्ने निर्णय सुनाएर बालुवाटारबाट आएको जानकारी मधेसी तथा जनजाति नेतालाई दिएका थिए।