काठमाडौं, १४ मंसिर । फेसबुकले अपराध बढाएका छन्, तर त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ ।
फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्रन सफल भएको छ ।
आफ्नै साथीको हत्या गरेर फरार भएका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ परेका हुन् ।
फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही मंसिर ८ मा फत्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
फेसबुकमा चिनजान गरी प्रहरीले सिनामंगल बोलाएर पक्राउ गरेको हो ।
०६२ मा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले फत्राउ गरेको हो ।















प्रतिक्रिया