१ कार्तिक २०८३, शनिबार

गढीमाई मन्दिरमा बलि चढाइएका राँगा लुटपाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadimai Ko Mela Ma Pasu Baliबारा, १४ मंसिर । बाराको गढीमाई मेलामा बलि चढाइएका राँगा स्थानीय दलित समुदायले लुटेर लगेका छन् ।

एक करोड ६० लाखमा ठेक्का लगाइएका राँगा ठेकेदारलाई लानै नदिई दलित समुदायले शुक्रवार राति सबै लुटेका हुन् ।

गढीमाइमा यसपटक ५ हजार राँगा तथा पाडा बलि चढेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बलि सकिएलगत्तै ठेकेदारले राँगा तथा पाडा उठाउने तयारी गरेको अवस्थामा  बधस्थलमा दिउँसोदेखि अवरोध गर्न हजारौंको संख्यामा आएका दलितले राति लुटेका हुन् ।

यसअघि दलित समुदायले गढीमाईमा बलि चढेका रांगा बहिष्कार गर्ने बताउँदै आएका थिए ।

दलित समुदायका नेताहरुले महिना दिनदेखि नै सिनो बहिष्कारको अभियान चलाउँदै आएपनि उनिहरुको प्रयास निरर्थक बन्न पुग्यो ।

राजनीतिक दलमा आवद्ध दलितहरु सिनो बहिष्कार गर्ने अभियानमा सबै नेता एक भएका थिए ।

तर अन्तिम समयमा हजारौको संख्यामा आएका दलितले नेताको अभियानलाई बेवास्ता गर्दै बलि चढेका राँगा बोकेर घर लगेका छन् ।