कञ्चनपुर, ११ पुस । रोजी स्पोर्ट्स क्लबको आयोजनामा यही पुस ११ गतेबाट हुने भनिएको कलेज क्रिकेट कप खेल मैदान अभावका कारणले गर्दा ३ दिन ढिलो हुने भएको छ । रोजी क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगितामा महेन्द्रनगर जिल्ला भरिका ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने कलेजले नगद ३५ हजारसहित प्रमाणपत्र ट्रफी प्राप्त गर्नेछन । द्धितिय हुने कलेजले नगद १५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफीको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । ४ दिनसम्म चल्ने प्रतियोगिताबाट युवा खेलाडी खारिने विश्वास गरिएको छ ।
















प्रतिक्रिया