काठमाडौं, ११ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको छ । आइतबार तोलाको ५४ हजार ९०० मा करोबार भएको छापावाला सुन आज ५५ हजारमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य भने तोलाको ५४ हजार ७ सय रहेको छ । आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । दुबै प्रकारको सुन मूल्य सोमबार क्रिसमसको विदाका कारण स्थिर थियो ।
यस्तै आज चादी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया